२०८१ बैशाख १७, सोमबार    

पेश्की फर्छौटमा हेटौंडामा उपमहानगर अब्बल

२०८० बैशाख २, शनिबार १८:३२ बजे

हेटौंडा उपमहानगरपालिका पेश्की रकम फर्छौटमा अब्बल देखिएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले ६० औं वार्षिक प्रतिवेदनमार्फत् सार्वजनिक गरेको देशभर ११ वटा उपमहानगरमध्ये पेश्की रकम फर्छौटमा हेटौंडा सर्वोत्कृष्ट भएको हो । महालेखाको प्रतिवेदन अनुसार ११ उपमहानगरमध्ये सवैभन्दा बढी वेरुजु तुलसीपुर ६.६९ प्रतिशत र सबभन्दा कम हेटौंडा उपमहानगरपालिका ०.७७ प्रतिशत रहेको छ ।

उपमहानगरले वेरुजु शुन्य अभियान नै सञ्चालन गरेपछि पेश्की रकम फर्छौट दर राम्रो देखिएको हो ।