२०८१ बैशाख ६, बिहीबार    

आनन्दराम घरदैलोमा पुग्दा मतदाता उत्साहित

२०७९ कार्तिक २०, आईतबार १८:१४ बजे

आसन्न प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले आइतबारपनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उनले आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को रातोमाटे, पनेस, बारुते, जाते लगाएतका क्षेत्रमा पुगेर मतदातासँग भेटघाट गरेका छन् । उम्मेदवार पराजुलीले नागरिकसँग भेट्घाट गर्नुका साथै उनीहरुको गुनासो सुनेका छन् । भेटघाटका क्रममा स्थानीयले पराजुलीलाई जितको शुभकामनासँगै जितेर गएपछि पनि नगरिकको घरदैलोमा पुग्न सुझाव दिएका थिए । स्थानीय जयनारायण श्रेष्ठले पराजुली २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा हार्दा दुःख लागेको स्मरण गर्दै यसपटक पराजुलीको जित निश्चित रहेकोे बताए ।

श्रेष्ठले पराजित हुँदापनि पराजुली निरन्तर नागरिकसँगै रहेकोले यसपटक जिताएरै पठाउँने बताए । उक्त अवसरमा स्थानीयहरुले नागरिकका सामान्य आवस्यकताका विषयमा ध्यान पु¥याउन आग्रह गर्दै विगतका निर्वाचित प्रतिनिधिहरुले गरे जस्तो कमिकमजोरी नदोहो¥याउन सचेत गराएका थिए । नागरिकका गुनासो सुझाव सुनेका पराजुलीले आफुले विगतमा चुनाव हार्दापनि निरन्तर जनताको आवस्यकतासँग जोडिएको बताए ।

उनले एकपटक निर्वाचित गरेर पठाए कहिल्यै गुनासो आउन नदिनेगरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पराजुलीले नागरिकका आम चासोका विषयहरु सर्वसुलभ शिक्षा, सहज स्वास्थ्य उपचार, सुरक्षाको ग्यारेन्टी, युवाहरुलाई रोजगारी जस्ता कुरानै आफ्नो प्राथमिकतामा रहेको जानकारी गराउँदै आफुले बोलेको कुरा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।