२०८१ बैशाख ३१, सोमबार    

नेवारपानी र भीमफेदीबाट चरेस–गाँजासहित दुईजना पक्राउ

२०८० फाल्गुन २९, मंगलबार १८:२० बजे

मकवानपुर प्रहरीले अबैध लागूऔषध चरेस र गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियमित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १५ किलो १२० ग्राम लागूऔषध चरेसहित भीमफेदी–२ चेकपोष्टबाट प्रशान्त तामाङ र हेटौंडा–१९, नेवारपानीबाट साविर अन्सारीलाई ८४ केजी गाँजासहित पक्राउ गरेको हो ।

पालुङबाट हेटौडातर्फ आउँद गरेको वाग्मती प्रदेश ०२–०२० प ८८३३ नं. को मोटरसाइकल चालक जिल्ला धादिङ गजुरी–८ का ३१ वर्षीय तामाङलाई शंका गरी प्रहरीले रितपूर्वक खानतलासी गर्ने क्रममा उनले बोकेको झोबाट चरेस फेला पारेको हो । उनलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदातलबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भारतीय नम्बर बीआर ०१ बीएफ ५५८१ नम्बर कार चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का १९ वर्षीय अन्सारीको कारबाट ८४ किलो १२० ग्राम लागूऔषध गाँजा फेला पारेको हो । प्रहरीले जिल्ल अदालत मकवानपुरबाट दश दिनको म्याद थपेर थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।