२०८१ बैशाख १६, आईतबार    

राप्रपाको हेटौंडामा प्रदर्शन

२०८० पौष ६, शुक्रबार १९:२४ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष सागर थापाको नेतृत्वमा हेटौंडाको सीमा चोकमा प्रर्दशन गरेको हो । बिरोध प्रदर्शनमा सहभागीहरुले हिन्दु राष्ट्र कायम गर, सुदन किराँती राजीनामा दे, राष्ट्रवादी शक्ति एक हौं लेखिएका प्लेटकार्ड बोकका थिए ।

सहभागीहरुले मन्त्री किराातीले सामाजिक सद्भाव नै विथोल्न गरी अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।