२०८१ चैत्र ७, बिहीबार    

वक्तृत्वकलामा एड्रीन अब्बल

२०८१ कार्तिक ३०, शुक्रबार १७:२९ बजे

चैनपुर जेसीज मनहरीको आयोजनामा बालजीवन ज्योति मावि मनहरी १ मा भएको वक्तृत्वकला प्रतियोगितामा एड्रीन पराजुली प्रथम भएका छन् ।

विद्यालयका विद्यार्थीको बीचमा भएको प्रतियोगितामा सरस्वती लामिछाने द्वितीय र कन्चन गुरागाइँ तृतीय भए । उनीहरुलाई क्रमशः नगद २ हजार, एकहजार पाँच सय र एकहजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । जेसीजका अध्यक्ष रविन ढकालको प्रकरणमा वक्तृत्वकलाको आयोजना गरिएको हो ।

जेसीज सप्ताह एवम् दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको समापनको दिन ३ गते पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम संयोजक कृष्ण खनालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा अध्यक्ष खनालले पछिल्लो समय स्थापना भएको चैनपुर जेसीज मनहरीले विभिन्न सामाजिक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । वडा र गाउँपालिका जेसीजसंग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकराज गौतम, जेसीजक संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक सुरेश गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गणेशदर्पण अधिकारी र शिक्षिकाद्वय अस्मिता खड्का र उर्मिला तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जेसीज सप्ताह अन्तर्गत शनिबार बिहान जेसीज दौड प्रतियोगिता रहेको महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए ।