२०८३ भाद्र १७, बुधबार    

वाग्मती, बकैया र राक्सिराङमा तीनदिन सार्वजनिक विदा

२०७८ माघ १७, सोमबार १८:४७ बजे

हेटौंडा/ तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको तीनवटा स्थानीय तहले ल्होसार पर्वको सन्दर्भ पारेर तीनदिन सार्वजनिक विदा घोषणा गरेको छ ।

तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा मकवानपुरको वाग्मती, वैकया र राक्सिराङ गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेकोहो ।सोमबार सूचना जारी गर्दै तीनवटै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले घोषणा गरेको सूचनामा सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था, बैंक तथा वित्तीय संस्था एवम् शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ । तीन दिन सार्वजनिक बिदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य मियति खोप कार्यक्रमहरु बिदाको समयमा पनि सञ्चालन हुने जानकारी गराएको छ । गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयबाट बिदा दिइएको हो ।