२०८१ बैशाख १७, सोमबार    

सबै धर्म सम्प्रदायप्रति उच्च सम्मान छः नेता बानियाँ

२०७९ कार्तिक २८, सोमबार १५:३० बजे

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नम्वर–९ स्थित बोकर थर्या छ्याइलिङ गुम्बाको आज स्थलगत अवलोकन गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले गुम्बा अवलोकनको क्रममा सबै धर्म संस्कृति, जातजाती, भाषाभाषी र सम्प्रदायप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै धार्मिक क्षेत्रको प्रवद्र्धन तथा विकासको लागि प्राथिमकता साथ काम गरिने बताए । उनले विगतमा पनि धार्मिकस्थलको प्रवद्र्धनका लागि काम गरेको बताउँदै निर्वाचनपश्चात गठबन्धनको सरकारले सो कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

बानियाँले भैसेबाट भीमफेदीको स्यार्से हुँदै धैराङसम्म व्यक्तिगत खर्चले बाटो खनिदिएको स्मरण गरे । उनले प्रदेशमा साढे ३ वर्ष नेतृत्व गर्दा नेकपा एमालेले उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार बनेको १० महिनामै संसद विकास कोष र प्रदेश सरकारबाट गरी धैराङको पूर्वाधार विकासका लागि ३० लाख विनियोजन भएको बताए । नेपाली कांग्रेसले विगतमा पनि जनतासामु गरेको प्रतिवद्धता पुरा गर्दै आएको बताउँदै बानियाँले आगामी दिनमा जनहितका काम गरिने बताए । गुम्बा अवलोकनका क्रममा कैलाश गाउँपालिकाका सभापति भुवन सिं घलान माओवादी केन्द्रका नेता ओमबहादुर घलानलगायत सहभागी थिए ।