२०८१ बैशाख ७, शुक्रबार    

गोलबजारमा मकवानपुरलाई उपाधि

२०८० बैशाख १८, सोमबार २१:४२ बजे

गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ ।

सिराहामा सोमबार भएको छैठौं संस्करणको फाइनल खेलमा स्थानीय सलहेस युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो । पहिलो सहभागितामै मकवानपुर–११ ले उपाधि जितेको हो ।

प्रतियोगिताको मुख्य दाबेदार रहेको मकवानपुरले फाइनल खेलमा हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

अफ्रिकी खेलाडी सम्मिलित सलहेसलाई फराकिलो गोलअन्तरले पराजित गर्दै मकवानपुर–११ ले उपाधिसँगै २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको सलहेस युवा क्लबले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।