गैरसरकारी संस्था महासंघ नेपाल वाग्मती प्रदेश समिति अध्यक्षमा मकवानपुरकी आरती पाठक सर्वसम्मत चयन भएकी छिन् ।
हेटौंडामा विहीबार भएको दोस्रो अधिवेशन तथा तेस्रो साधरणसभाबाट उनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिमा उपाध्यक्ष कमलकुमार विश्वकर्मा (मकवानपुर), सचिव नरेश श्रेष्ठ (ललितपुर), सहसचिव मीनकुमार केसी (नुवाकोट), कोषाध्यक्ष सुमित्रा चेपाङ (धादिङ) रहेका छन् । समिति सदस्यमा गणेश भण्डारी (काठमाडौं), अनिता नेपाली (चितवन), देवकी पौडेल (नुवाकोट), अनिता मानन्धर (काभ्रे) छन् । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।
अध्यक्षमा चयन भएसँगै पाठकले प्रदेशको १३ वटै जिल्ला शाखालाई बलियो बनाउँदै सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइने । ‘गैरसरकारी संस्थामाथि लागेको आरोपलाई चिर्दै सुशासनको पाटोलाई अगाडि बढाउनेछौं । छाता संगठनको हैसियतले गर्नुुपर्ने जिम्मेवारी मेरो कार्यकालमा पूर्णरुपमा गर्नेछु ।’, उनले भनिन् ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलामा दामोदर अर्यालको अध्यक्षतामा रहेको थियो ।