२०८१ बैशाख १७, सोमबार    

बादलले बालआश्रममा मनाएर जन्मदिन

२०७९ पौष ५, मंगलबार १९:२७ बजे

युवा संघ भीमफेदी गाउँपालिका अध्यक्ष बादल सिलवालले आफ्नो जन्मदिन बालआश्रममा मनाएका छन् ।

भीमफेदी–६ स्थित बजारमा रहेको अनाथ बालबालिका आश्रित बालमन्दिरमा पुगेर उनले आफ्नो जन्मदिन मनाएका हुन् । सिलवालले आफ्नो जन्मदिनको केक उनीहरुसँगै काट्दै ‘सेलिब्रेसन’ गरेका थिए ।

‘फजुल खर्च गरेरभन्दा पनि सामान्य हिसावले जन्मदिन मनाउन यसो गरेको हुँ । हामी सामाजिक कार्यमा रमाउने मानिस भएपछि तडकभडक गर्न मनै मानेन ।’, उनले पछिल्लो समय आफूले हरेक चाडपर्व उनीहरुसँगै मनाउन थालेको बताए ।

उनले बालमन्दिरमा आश्रितहरुलाई विभिन्न खानेकुमार समेत वितरण गरेका थिए ।