२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडा–६ मा गठबन्धनको पाँच वटा संयुक्त कार्यालय

२०७९ बैशाख १६, शुक्रबार २०:०४ बजे

स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि गठबन्धनले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडामा संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको छ ।

शुक्रबार गठबन्धनले हेटौंडा–६ को पाँच फरक–फरक स्थानमा पाँच वटा संयुक्त सम्पर्क कार्यालय स्थापना गरेको हो । हेटौंडा–६ स्थित हात्तिलेट, गौरीटार, पुतली बजार, चौघडा बजार र चुच्चेखोलामा छुट्टाछुट्टै सम्पर्क कार्यालय स्थापना गरिएको हो । गठबन्धनको भागबन्डामा नेपाली काँग्रेसले वडा अध्यक्ष पाएको हेटौंडा–६ मा नेकपा समाजवादीलाई समेटिएको छ । काँग्रेसको तर्फबाट अध्यक्षमा बिष्णुबहादुर दाहाल, पुरुष सदस्यमा भरत सापकोटा, खुला सदस्यमा विजय पौडेल, महिला सदस्यमा गायत्री घिमिरे र दलित महिला सदस्यमा नेकपा एसकी रश्मी बिश्वकर्मा उम्मेदवार छन् ।

काँग्रेस ६ नम्बर वडा सभापति रामहरि तिमल्सिनाको अध्यक्षतामा ५ वटै स्थानमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेकपा एसको तर्फबाट हेटौडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीनाकुमारी लामा, नेपाली काँग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार राजेश बानियाँ, काँग्रेस जिल्ला सभापति बुद्ध लामा, काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागार्इं, जिल्ला कोषाध्यक्ष होमनाथ गौतम, नेकपा एसकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एसका नगर सचिव देवराज गौतमलगायत गठबन्धनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।