२०८१ बैशाख २४, सोमबार    

माघ २० गते हेटौंडामा शैक्षिक मेला

२०७९ माघ १७, मंगलबार १६:०१ बजे

हेटौंडामा शैक्षिक मेला तथा सांस्कृति कार्यक्रम–२०७९ हुने भएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले हेटौंडा–४ वडा कार्यालयको आयोजनामा शैक्षिक मेला हुन लागेको हो । मेलामा वडाभरका विद्यालय, हेटौंडा क्याम्पस र म्यानेजमेन्टको स्टल रहेनछ ।

वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित तथा सामाजिक विषयसँग सम्बन्धित सामग्रीको स्टलमा प्रदर्शनीमा राखिनेछ । मेलामा प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन समेत रहेको वडा अध्यक्ष नवीन सिग्देलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

वडा अध्यक्ष सिग्देलका अनुसार प्रत्येक विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई पुरस्कृत गरिनेछ । ‘शिक्षामा भएको खर्चलाई लगानी मान्नुपर्ने हुन्छ । हामी भौतिक पूर्वाधारभन्दा पनि शिक्षा क्षेत्रमा काम गर्न क्रियाशील भइरहेका छौं ।’, वडा अध्यक्षका अनुसार मेलाको करिब दशहजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्नेछन् ।

शैक्षिक गुणस्तर सुधार समिति श्रीराम दहालले एक विद्यालयको राम्रो अभ्यास र अनुभवबाट अर्को विद्यालयल सिकाई गरी शैक्षिक सुधार हुने अपेक्षाका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको हो । यस कार्यक्रमको सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्नेछ ।

मेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जेएन थपलियाले गर्नेछन् ।