२०८१ बैशाख १३, बिहीबार    

एमाले मकवानपुरले टुंग्यायो प्रदेशका सम्भावित उम्मेदवारको नाम

२०७९ भाद्र १७, शुक्रबार १९:०४ बजे

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नम्बर क्षेत्रको प्रदेशसभा ‘क’ बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता बिष्ट प्रदेशसभा ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफारिस गरेको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाा वाइवा र प्रदेशसभा ‘ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको छ ।

चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार उम्मेद्वारी सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भाद्र १९ गते बस्ने जिल्ला सचिवालय र भाद्र २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझाव सहित केन्द्रीय र प्रदेश कमिटीमार्फत् केन्द्रीय कमिटीमा पठाइने जिल्ला सचिव सिग्देलले बताए ।