२०८१ बैशाख ११, मंगलबार    

के गर्लान् विरोध खतिवडा ?

२०७९ भाद्र २, बिहीबार ०८:५० बजे

मन्त्रीबाट अपमानजनक तरिकाले हटाइएको भन्दै एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य विरोध खतिवडा, पोलिटब्युरो सदस्य प्रेम आले र केन्द्रीय सदस्य किसान श्रेष्ठ पार्टी नेतृत्वसँग असन्तुष्ट छन् । चारै जना पार्टीको नियमित काममा फर्केका छैनन् ।

खतिवडा मकवानपुर–२ बाट निर्वाचित सांसद हुन् । अहिले पनि त्यहीँबाटै चुनाव लड्ने सोच बनाएको उनले बताए । ‘पार्टीमा केही समस्या भए पनि हल भइसके । त्यसकारण म एकीकृत समाजवादीबाटै चुनाव लड्छु,’ उनले भने । ०७४ को निर्वाचनमा खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याएर कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरेका थिए । डिनाले ३२ हजार ६ सय ८५ मत ल्याएकी थिइन् ।

मकवानपुरबाट चार पटक चुनाव जितेका खतिवडा यस पटक आफैं उठ्छन् वा श्रीमती मनु सिग्देललाई उठाउँछन् भन्ने चर्चा पनि एकीकृत समाजवादीभित्र छ । ‘अहिलेसम्म आफैं चुनाव लड्ने मुडमा छु, अझै दुई–तीन महिना बाँकी छ । बुढेसकाल लागिसक्यो, त्यसकारण के हुन्छ, त्यो भिन्दै भयो,’ खतिवडाले भने, ‘म उठिनँ भने भाग कता जान्छ, ठेगान छैन ।’