२०८१ बैशाख २७, बिहीबार    

लागूऔषधसहित हेटौंडाका दुई युवक वीरगञ्जमा पक्राउ

२०७८ चैत्र २०, आईतबार १६:१५ बजे

अवैध लागूऔषधसहित हेटौंडाका दुई युवक वीरगञ्जमा पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा–२ का २३ वर्षीय प्रबिन तामाङ र हेटौंडा–१० बसपार्कका २१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।

उनीहरुलाई पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ६ ग्राम लागूऔषध खैरो हेरोइनसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बा. ८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।

पक्रउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।