२०८० फाल्गुन १५, मंगलबार    

मुख्यमन्त्रीद्वारा आधा दर्जन मन्त्री नियुक्त, ३ बजे सपथ

२०८० जेठ ७, आईतबार १३:२७ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार ६ जना मन्त्री नियुक्त गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा (एस)ले मागे अनुसार मन्त्रालयको संख्या उपलब्ध गराएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । जम्कट्टेलले आइतबार दिउँसो ३ बजे सपथ ग्रहण गराउने गरी मन्त्री र मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री जम्कटेलले कांग्रेसका एक बिना विभागिय मन्त्री सहित ३ मन्त्रीलाई जिम्मेवारी दिएका छन् । उनले कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागिय मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रालय, पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्रीले एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि कांग्रेसका बहादु सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् ।