२०८१ बैशाख ७, शुक्रबार    

हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई १/१ लाख दिइने

२०७९ फाल्गुन १६, मंगलबार १८:३९ बजे

वाग्मती प्रदेश सरकारले हात्तीको आक्रमणमा मृत्यु भएका तीन जनाका परिवारलाई १/१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी-४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया-५ का सन्तलाल माझी र सिन्धुली कनपा-१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलका परिवारलाई १/१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

सिन्धुलीका पौडेलको १३ गते, मकवानपुरकी अधिकारीको फागुन ८ गते हात्तीको आक्रमणका कारण ज्यान गएको थियो ।