२०८१ बैशाख २४, सोमबार    

बाढीका कारण अस्ट्रेलियाको सिड्नी सहर प्रभावित, एक जनाको ज्यान गयो

२०७९ असार २०, सोमबार १४:२७ बजे

अस्ट्रेलियामा बाढीका कारण एक जनाको ज्यान गएको छ भने हजारौँ मानिस विस्थापित भएका छन् । बाढीका कारण सिड्नी सहर प्रभावित भएको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ ।

मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको बीबीसीले जनाएको छ । न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ ।

न्यु साउथ वेल्समा गएको मार्च महिनामा आएको बाढीमा परेर २० जनाको ज्यान गएको थियो । अस्ट्रेलियाको जलवायु विभागका अनुसार केही ठाउँमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।