२०८१ बैशाख २८, शुक्रबार    

राष्ट्रियसभा निर्वाचनमा विवेकशील पार्टीले मतदान नगर्ने

२०७८ माघ ११, मंगलबार १७:३१ बजे

हेटौंडा/ राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ ।

बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो । विवेकशील पार्टी संसदीय दलको मंगलबार दिउँसो काठमाडौंमा बसेको वैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । विवेकशील साझाको वाग्मती प्रदेशसभामा ३ जना सदस्य रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा हाल उम्मेदवार रहेको कोही पनि ठिक नलागेका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । यस दलले अघिल्लो राष्ट्रियसभाको निर्वाचनमा समेत मतदान गरेको थिएन ।

राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता कार्कीले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् ।