२०८१ बैशाख १७, सोमबार    

मनकारी आनन्दराम पराजुली : बनाइदिए सानुकान्छी रुम्बालाई घर

२०७९ कार्तिक २४, बिहीबार १६:०५ बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेकी कान्छिमाया रुम्बा तिज पछि हिजोआज निकै खुशी छिन् । खर र प्लाष्टिकले छाएको झुप्रो घरमा बस्दै आएकी उनी दुई कोठे पक्कि भवन पाएपछि खुशि भएकी हुन् । उनको यो खुशी नेपाली कांग्रेसका नेता एवं मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीले दिएका हुन् ।

एकल महिला रुम्बा लामो समयदेखि असुरक्षित रहेको पानि चुहिने घरमा बस्दै आएकी थिइन् । रुम्बाको अवस्थाका बारेमा थाहा पाएपछि पराजुलीले उनलाई सहयोग गर्ने विचार गरे । दुखी गरिब र असाहयहरुलाई सहयोग गर्न सधै तप्तर देखिने पराजुलीले व्यक्तिगत लगानीमा रुम्बाको लागी दशै अघि नै दुई कोठे जस्ताले छाएको घर बनाइदिए ।

रुम्बा अहिले नयाँ घरमा बस्छिन । घर पाएपछि खुशी भएकी रुम्बा पराजुलीको खुलेर प्रशंसा गर्छिन् । ‘आनन्द बाबुका कारण म नयाँ घरमा बस्न पाएको छु । हामी जस्ता गरिब दुखिलाई सहयोग गर्ने मान्छे पनि हुन्छन होला भन्ने लागेको थिएन तर आनन्द बाबुले आफनै खर्चमा मेरो लागी घर बनाइदिनुभयो । म खुशि छु ।’ रुम्बाले भनिन् ।

आनन्दराम पराजुली मकवानपुर क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवार भएको थाहा पाएकी रुम्बले खुशी हुँदै जितको शुभकामना दिँदै सबै सँग पराजुलीलाई जिताइदिन आग्रह पनि गरिन् । ‘आनन्द बाबुलाई मेरो आशिर्वाद लागोस । सबैले उहाँलाई भोट हालेर जिताइ दिनुहोला ।

आनन्द बाबु हामी जस्ता दुखि गरिबको लागी काम गर्ने मान्छे हो । आनन्द बाबुले जित्नुभयो भने हामी जस्ता दुखी गरिबको जिवनमा परिवर्तन हुन्छ ।’ पराजुलीले रुम्बाका लागी व्यक्तिगत लगानीमा घर बनाईदिएका थिए ।

उनले तीन लाखमा दुई कोठे जस्ताले छाएको घर बनाइदिएका हुन् । आफु पदमा हुँदा वा नहुँदा पनि आम नगरिकको आधारभूत आवश्यकता पुरागर्न सधैं तत्पर रहने पराजुलीलाई जनताले अमुल्य मत निर्वाचित गराउँनेमा कान्छिमाया रुम्बा विश्वस्त छिन् ।