२०८१ बैशाख २७, बिहीबार    

हेटौंडामा उत्पादित घ्यू धमाधम विदेश निर्यात

२०७८ फाल्गुन २७, शुक्रबार १९:३२ बजे

हेटौंडामा उत्पादित घ्यू धमाधम विदेश निर्यात हुन थालेको छ । हेटौंडा औद्यागिक क्षेत्रमा रहेको हेटौंडा दुग्ध वितरण आयोजनाले उत्पादन गरेको घ्यू विकशित मूलुकमा एकवर्ष अघिदेखि निर्यात सुरु गरिएको थियो ।

४८ वर्षअघि हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको दुग्ध वितरण संस्थानअन्तर्गत्को आयोजनाले गतवर्षबाट विकशित मूलुक दक्षिण कोरिया, जापान र अष्ट्ेरलियामा घ्यू निर्यात गर्न थालेको हो । आयोजना कार्यालयका अनुसार गतआव २०७७र०७८ मा ६५ हजार लिटर घ्यू दक्षिण कोरिया, जापान र अष्ट्ेरलियामा निर्यात गरेको छ । संघीय सरकारको स्वामित्वमा संचालित रहेको उद्योगले एकवर्षमा सबैभन्दा बढी जापानमा ४५ हजार, दक्षिण कोरियामा २२ हजार र अष्ट्रेलियामा ४ हजार लिटर घ्यू निर्यात भएको छ ।

माग अनुसार घ्यू उत्पादन गरेर निर्यात गर्ने गरेको कार्यालयले जनाएको छ । एक बट्टामा आधा लिटरको प्याकिङ गरेको घ्यू विदेश निर्यात गर्ने गरिएको छ ।
आयोजनामा प्रतिदिन ६० हजार लिटर दूध, ३ हजार लिटर घ्यू, मख्खन र पनिर ५ सय केजी भण्डार क्षमता रहेको छ । आयोजनाले फ्रेसमिल्क एक हजार ५ सय बोतल प्रतिसिफ्ट, पेंडा ३ सय ६० प्याकेट प्रतिदिन र लालमोहन ९ सय प्याकेट प्रतिदिन उत्पादन हुने गरेको आयोजनाको तथ्यांकमा उल्लेख छ ।

आयोजनाले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट दैनिक २५ हजार लिटर दूध संकलन गरिरहेको छ ।