२०८३ कार्तिक २, आईतबार    

कांग्रेस वाग्मती प्रदेशले तोक्यो जिल्ला संयोजकहरु

२०७९ बैशाख ८, बिहीबार ११:०६ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन प्रदेशका १३ जिल्लामा संयोजकहरु तोकेका छन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेशले एक विज्ञप्ती जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको जानकारी दिएको छ ।

कांग्रेस बागमती प्रदेशले काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोट जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठलाई जिल्ला संयोजकमा तोकेको छ ।
भक्तपुर कृष्णलाल भँडेल, मकवानपुर निमा लामा, धादिङ सन्तबहादुर प्रजा, दोलखा प्रभात तामाङ, रसुवा लामाकार्पु तामाङ, सिन्धुली दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारीलाई जिल्ला संयोजक तोकिएको कांग्रेस वाग्मती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले एक विज्ञप्ति जारी गरी सूचित गरेका छन् ।