२०८१ बैशाख २१, शुक्रबार    

६२ औं नर्सिङ दिवस हेटौंडामा मनाइयो

२०८० माघ १५, सोमबार १८:५३ बजे

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान नर्सिङ विभागले बिभिन्न कार्यक्रमको आयोजना गर्दै ६२ औं नर्सिङ दिवस हेटौंडामा मनाएको छ ।

प्रतिष्ठानमा रहेर अध्यापन गरीरहेका नर्सिङ बिद्यार्थि र अध्यापन गराउने शिक्षकहरु सहितको समुहले अन्तरक्रृया तथा बादबिवाद प्रतियोगिता गर्दै दिवस मनाएका हुन् । नर्सि शिक्षामा पहिलो बर्ष अध्ययन गरीरहेका छात्राहरु बिच ‘नर्सहरु बिदेशिनु आवश्यकता कि बाध्यता’ भन्ने बिषयमा बक्तित्वकला प्रतियोगिता सञ्चालन भएको प्रतिष्ठानका शिक्षीका लक्ष्मी पौडेलले जानकारी दिइन् ।

प्रतियोगितामा सहभागि ८ जना प्रतिश्पर्धीलाई पछाडि छोड्दै दिया पराजुली प्रथम, मुस्कान खातुन द्धितिय र रेश्मी न्यौपाने तृतिय भएका थिए । बक्तित्वकलामा हेटौंडा अस्पताल सञ्चालन समितिका सदस्य उत्सब चौलागाईको संयोजकत्वमा गठन भएको ३ सदस्यिय निर्णायक मण्डलले निर्णय सुनाएको थियो ।

शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुरेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका डिन दुर्गा कुमारी खड्का मिश्र, प्रतिष्ठानका बिभागिय प्रमुख, संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । प्रतिष्ठानले आउँदो २८ गतेबाट दोश्रो चरणको नर्सिङ  कक्षा सञ्चालन गर्ने भएको छ ।