२०८१ बैशाख १३, बिहीबार    

सरकारको उपलब्धी किताबमा

२०७९ फाल्गुन ५, शुक्रबार १८:५० बजे

वाग्मती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षे  कार्यकालको उपलब्धि समेटिएको पुस्तक  सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मका उपलब्धिहरु पुस्तकमा समेटिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, 'प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरीरुपमा समेटिएको छ ।'

प्रदेश सरकारले यस अवधिमा गरेका कामहरुबारे आमनागरिकलाई जानकारी दिने उद्देश्यले ‘वाग्मती प्रदेश सरकारको पाँच वर्ष’ नामक पुस्तक प्रकाशन गरिएको प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।

२०७४ साल माघ ३ गतेदेखि प्रदेशको अस्थायी राजधानी तोकिएदेखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामका विषय पुस्तकमा समेटिएको छ । प्रदेशका मन्त्रालयपिच्छे कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका सचिव शिवराम गेलालले बताए ।