२०८१ बैशाख १४, शुक्रबार    

उपसभामखुको निर्वाचन माघ २ गते

२०७९ पौष २९, शुक्रबार १६:५८ बजे

वाग्मती प्रदेशमा माघ २ गते सोमबार उपसभामुखको निर्वाचन हुने भएको छ ।

नवनियुक्त सभामुख भुवन पाठकले प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई निर्वाचनको तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । उनले प्रदेशसभाको वैठकबाटै सोमबार ३ बजेका लागि वैठकसमेत आव्हान गरेका छन् ।

‘उपसभामुखको निर्वाचन कार्यतालिका आजै प्रकाशन गर्न निर्देशन गर्दछु ।’, उनले भने । सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार पाठक आजै सभामुखमा चयन भएका थिए । शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो ।

मुख्यमन्त्रीले माघ ३ गते सदनबाट विश्वासको मत लिँदैछन् । त्यसअघि नै सवै प्रक्रिया टुंगिनेछ । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

उपसभामुखमा नेकपा एमालेले सांसद भारती पाठकलाई अगाडि बढाउने सम्भावना रहेको छ ।