२०८१ जेठ ४, शुक्रबार    

हिमपातका कारण अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

२०७८ माघ ७, शुक्रबार १४:२९ बजे

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा हिमपात कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।

गएरातिदेखि भएको हिमपातका कारण अवरुद्ध भएको यस मार्ग शुक्रबार दिउँसो करिब २ बजेबाट सञ्चालनमा आएको स्थानीय विनोद लामाले जानकारी दिए । ‘अहिले बाटो सफा छ । सवारीहरु चलिरहेका छन् । हिउँ पनि परिरहेको छ ।’, लामाले भने ।

हिमपातका कारण करिब ३–४ किलोमिटर बाटो अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बाटो खुलाउन थाहा नगरपालिकाले आवश्यक सहयोग गरेको थियो ।

हिमपातसँगै हिउँ खेल्न आउनेको आन्तरिक पर्यटकको संख्या क्रमश: वृद्धि भइरहेको स्थानीयले बताएका छन् । त्यसक्षेत्रमा हिमपात भएको यसवर्ष दोस्रो पटक हो ।