२०८१ बैशाख ११, मंगलबार    

प्राविधिक कारणले चुनाव हारियो : डिना

२०७९ मंसिर ९, शुक्रबार १७:५६ बजे

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले निर्वाचनमा आम मतदाताको मन जितेर पनि मतले हारेको भन्दै जनताको साथमै रहने बताएकी छिन् ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले प्राविधिक त्रुटिका कारण चुनाव हार्नुपरेको बताइन् । डिनाले निर्वाचनमा मत र मनले नभई प्राविधिक त्रुटिका कारण हार व्यहोर्न बाध्य भएको बताएकी हुन् । प्राविधिक त्रुटिहरुको बारेमा समिक्षा गरिने बताइन् । चुनावमा सहभागी हुादा जीत सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण चुनावमा पराजित हुन बाध्य भएको बताएकी हुन् । हरेक पार्टीमा घात–अन्तरघात र सन्तुष्ट–असन्तुष्ट भइरहने बताउँदै उनले यस बारेमा पनि समिक्षा गर्ने बताइन् । चुनावी अभियानका क्रममा मतदाताहरुले भनेका कुरा, मतदाताहरुको सपना र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाइन् ।

मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने डिनाको भनाई थियो । घरदैलोमा जाादा मतदाताहरुले भनेको कुराहरु र जनताहरुको आशा र भरोसा पराजित हुादा पनि कानमा गुञ्जिरहेका स्मरण गर्दै उनले मतदाताको आवाजलाई गठबन्धनको सरकारमा पार्टीको तर्फबाट पुर्‍याउने प्रतिबद्धता जनाइन् । आम मतदाताले उत्साहका रुपमा मतदान गरेकोमा उनले धन्यवाद व्यक्त गरिन् ।

गठबन्धनकै तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने बताए । ‘निर्वाचित हुने सबैजनालाई बधाई छ,’ उनेल भने, ‘प्राविधिक कारण हामीले हार व्यहोरेका छौं । हारेपनि हामी आम मतदाताबाट कहिल्यै टाढा हुनेछैनौं’, उनले भने, ‘मतदातालाई धन्यवाद व्यक्त गर्न सबैको घरदैलोमा आउनेछौं ।’ माननीय भएर कलम चलाउन नपाएपनि सेवा गर्ने हातहरु नरोकिने पराजुलीको भनाई थियो ।

‘होला जनप्रतिनिधि हुादा धेरै काम गर्न सकिन्थ्यो होला । जनप्रतिनिधि नहुादा पनि सकेको काम गर्नेछौं । तपाईको मतको कहिल्यै अपमान गर्ने छैनौं । तपाइाको शिर झुक्ने काम कहिल्यै गर्नेछैनौं’, उनले भने । जनताको मतको सदैव सम्मान गर्ने उनले दोहोर्‍याए ।