२०७९ चैत्र १७, शुक्रबार    

निर्माण सामग्री व्यवसायीको १२ औं साधारणसभा

२०७९ चैत्र ४, शनिबार १८:५६ बजे

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको १२ औं साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको भेलामा संघ अध्यक्ष बालकृष्ण बजागाईंको सभाध्यक्षता रहेको थियो । सभामा सहभागीह वक्ताहरुले बढ्दो व्याजदर, आर्थिक मन्दिका कारण देखिएको समस्या तथा व्यवसायको वर्तमान अवस्थाबारे आफ्नो धारण राखेका थिए ।

भेलामा उद्योग बाणिज्य संघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल तथा उपाध्यक्षद्वय राजु अधिकारी र प्रमोदसिंह रानाभाट तथा संघ संस्थापक अध्यक्ष कृष्णराम न्यौपानेलगायत सहभागी थिए ।