२०८१ बैशाख १४, शुक्रबार    

हेटौंडा र काठमाडौं जोड्ने छोटो मार्ग स्तरोन्नतिसहित कालोपत्रे हुने

२०८० बैशाख ४, सोमबार १६:२७ बजे

बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको हो ।

ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो।

मकवानपुर खण्ड हेर्दै आएको यातायात पूर्वाधार निर्देशनालय मातहतको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले उक्त सडकको मकवानपुर खण्डमा स्तरोन्नतिसहित कालोपत्रे गर्न २० करोड रुपियाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएको जानकारी दिए। 

महालक्ष्मी खोलाबाट साढे छ किमि सडकमा कालोपत्रे गर्ने गरी ठेक्का आह्वान गरिएको र दुई लेनको सात मिटर चौडा सडक हुने बताउँदै सडक खण्डमा ह्युम पाइप र कल्भर्ट गरी २१ स्थानमा निर्माण हुने बताए।