२०८३ श्रावण १२, मंगलबार    

बजेटको विषयमा वाग्मती गाउँपालिकामा विवाद

२०८१ असार १०, सोमबार १६:१७ बजे

मकवानपुरको वाग्मती गाउँपालिकाले ल्याउन लागेको आव २०८१÷०८२ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाको नेतृत्वले उक्त नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका हुन् ।

गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले एकलौटी ढङ्गले नेपालको संविधान २०७१ र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेपकारी गरि नीति तथा कार्यक्रम ल्याउन लागेकोमा घोरआपत्ती रहेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

उपाध्यक्ष सहित वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ का अध्यक्ष पुनराम घलान र कार्यपालिका सदस्य डम्बर बहादुर विकले संयुक्त रुपमा हस्ताक्षर गरी विभिन्न मागहरु राखी विज्ञप्ती जारी गरिएको छ ।

उनीहरुले बजेटमा उपाध्यक्षलाई समेत सिलिङ बजेट राखिनुपर्ने, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यको हक अधिकारमाहस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने ।

यदी करारको कर्मचारी पालिकाले नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरि नियुक्त गर्नुपर्ने र क्रसर उद्योगको नाममा विनियोजन गरिदै आएको बजेट आव २०८१र०८२ बाट क्रसरलाई बजेट विनियोजन गर्न नहुने भनी माग राखिएको उपाध्यक्ष तिमल्सिनाले बताए ।