२०८१ बैशाख ८, शनिबार    

मोवाइल एसोसिएसनको शपथ ग्रहण

२०७९ पौष ३०, शनिबार २०:५८ बजे

मोवाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको शनिबार सपथ तथा पदस्थापना गरिएको छ । गतपुस ९ गते भएको ११ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पद स्थापना कार्यक्रम भएको हो । 

म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघको वस्तुगत उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

म्यान मकवानपुरको निर्वाचनबाट अध्यक्षमा नवराज चौलागाई , वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा रोहिनीप्रसाद गौतम, महासचिव राजकुमार दाहाल, सचिव लक्ष्मण न्यौपाने निर्वाचित भएका थिए । एशोसिएसनका कोषाध्यक्ष शिवराज बास्तोला र सह कोषाध्यक्ष अमोद बानियाँ निर्विरोध चयन भएका थिए । सदस्यहरुमा एदिस रिजाल, जीवनाथ अधिकारी, सुमन रायमाझी, पुष्पराज गौतम, सुनील प्रसाद सुवेदी र सुरेश लामा निर्वाचित भएका थिए ।

निर्वाचितलाई निर्वाचन आयुक्त एसीस रिजालले सपथ खुवाएका थिए । अध्यक्ष लामाले नवनिर्वाचित अध्यक्ष नवराज चौलागाईलाई पद हस्तान्तरण समेत गरेका थिए । 

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दीपक उप्रेती, एशोसिएसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने, क्यान मकवानपुरका अध्यक्ष शिव श्रेष्ठ, म्यानका निवर्तमान अध्यक्ष एसीस रिजाल, सल्लाहकार कुमार हुमागाई, चितवन मोवाईल व्यवसायी संघका अध्यक्ष प्रकाश अर्याल लगायतको आतिथ्यता रहेको थियो ।