२०८१ बैशाख २५, मंगलबार    

युरोपा लिगको प्लेअफमा बार्सिलोना र युनाइटेड भिड्ने

२०७९ कार्तिक २१, सोमबार १८:१८ बजे

युरोपा लिगको नकआउट चरणको प्लेअफ ड्रमा क्याटलान क्लब बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन् । स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा भएको ड्र मा बार्सिलोनाले युनाइटेडलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । प्लेअफ चरणको विजेताले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउनेछ । युरोपा लिगको समूह उपविजेता र च्याम्पियन्स लिग समूहको तेस्रो स्थानका टोलीबीच प्लेअफ चरण हुँदैछ ।

युरोपा लिगको प्लेअफ चरण खेलहरु :

एफसी बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड

युभेन्टस विरुद्ध एफसी नान्टस

स्पोर्टिङ लिस्बन विरुद्ध एफसी मिट्जील्यान्ड

शाख्तार डोनेस्क विरुद्ध स्टाड रेनेस

आयाक्स विरुद्ध युनियन बर्लिन

बायर लेभरकुसन विरुद्ध एएस मोनाको

सेभिया विरुद्ध पिएसभी

एफसी साल्जबार्ग विरुद्ध एएस रोमा