२०८१ बैशाख १४, शुक्रबार    

मेस्सी र नेयमार बालोन डि’ओरको मनोनयनमा पर्न असफल

२०७९ श्रावण २८, शनिबार १५:४५ बजे

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फवार्डद्धय अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली स्टार नेयमारयस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् ।

सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल भएको हो । फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा प्रदान गरिने बालोन डी’ओर अवार्डका लागि ३० जनाको नाम सार्वजनिक गर्दा पिएसजीका स्टार मनोनयनमा परेका छैनन् ।

मेस्सी यस अवार्डको वर्तमान धारक हुन् र कतारमा विश्वकप सुरु हुनुअघि प्रदान गरिने पुरस्कारको दौडमा छैनन् । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित भएपछि नै मेस्सी बालोन डि’ओरको मनोनयनमै नपर्नुलाई प्रमुख कारकको रुपमा हेरिएको छ । पहिलो लेगको खेलमा मेस्सीले पेनाल्टी चुकाएका थिए । यस्तै पिएसजीकै ब्राजिली स्टार नेयमार पनि मनोनयना परेका छैनन् ।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेबका कप्तान करिम बेन्जेमा मनोनयनमा परेको छ । रियलबाट ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् ।