२०८१ बैशाख २७, बिहीबार    

नेपाल आयरल्यान्डसँग पराजित

२०७८ फाल्गुन २, सोमबार १८:५९ बजे

हेटौंडा/ नेपाल आयरल्यान्डसँग पराजित भएको छ । ण्चार देश सम्मिलित टि २० आई सिरिजमा नेपाले दोस्रो हार व्यहोरेको हो ।

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो । स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङसँगै आयरल्यान्डलाई नेपाललाई १ सय २८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनमै सवै विकेट गुमाएको थियो । नेपालले ओभरमा सवै विकेट गुएमाको हो ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्ड २० ओभरमा १ सय २७ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए ।