२०८१ बैशाख १६, आईतबार    

वीरगञ्ज अन्तरकलेज क्रिकेट च्याम्पियन

२०८० फाल्गुन २९, मंगलबार १७:५६ बजे

अन्तरकलेज क्रिकेट प्रतियोगिताको उपाधि नेशनल इन्फोटेक कलेज वीरगञ्ज, पर्साले जितेको छ ।

हेटौंडा जेसीजको आयोजनामा हेटौंडा–४ स्थित हुप्रचौरमा सम्पन्न फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई पराजित गर्दै वीरगञ्जले अष्टकुमारी स्मृति टी–२० क्रिकेट प्रतियोगिता च्याम्पियन भएको हो ।

उपाधिसँगै प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले २५ हजार रुपैयाँ नगद हात पारेको हो । विजेता तथा उपविजेता, सर्वोत्कृष्ट खेलाडी, बलर तथा ब्याटरलालाई आयोजक हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठ एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेय राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ टोलीको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सुमान अर्यालका अनुसार प्रतियोगितामा करिब ५ लाख रुपैयाँ खर्च भएको छ । उनले आगामी वर्षबाट प्रतियोगितालाई अझै उत्कृष्ट र सहभागी टिमको संख्या बढाउँदै लैजाने योजना रहेको बताए ।