२०८१ बैशाख १८, मंगलबार    

प्रथम क्याम्पस प्रमुखको प्रतिमा अनावरण

२०७९ असार ३१, शुक्रबार १३:४९ बजे

मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार अनावरण गरिएको छ । बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, क्याम्पस अध्यक्ष अनन्त प्रसाद पौडेलले श्रेष्ठको अनावरण गरेका थिए । क्याम्पस परिसरमा निर्माण गरिएको उक्त प्रतिमा मकवानपुरका मूर्तिकार लक्ष्मण भुजेलले बनाएका हुन् ।

२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । स्थापनाकालदेखि २०४५ माघ १० गतेसम्म श्रेष्ठ मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गरेका थिए । संस्थापक समयमा उल्लेखनीय योगदान गरेका मुकुन्द दास श्रेष्ठको सम्मानमा प्रतिमा निर्माण गरिएको मकवानपुर क्याम्पस एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहित अन्य दाताहरुबाट संकलित रकमबाट करिब साढे सात लाखमा निर्माण गरिएका एल्मुनाईका उपाध्यक्ष प्रताप विष्टले बताए ।

अनावरण कार्यक्रममा क्याम्पसका संचालक समितिका सदस्यहरु तथा प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।