२०८१ बैशाख १७, सोमबार    

उपमहानगरले भत्कायो अबैध टहरा

२०७९ फाल्गुन ५, शुक्रबार १९:०१ बजे

हेटौंडा उपमहानगरपालिका ६ र १५ को सिमानामा रहेको सडकको जमिन कव्जा गरी निर्माण भएका अबैध घर टहरा भत्काइएको छ ।

हटिया– रातोमाटे सडक खण्डको हेटौंडा ६ चित्रेपानीमा सार्वजनिक जमिन र सडक पेटिको भाग कव्जा गरी निर्माण गरेर बनाइएको घर टहरा उपमहानगरबाट खटिएको नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भत्काएको हो ।

जमिन कव्जा गरी निर्माण भएका १० वटा जस्ता लगाएको र ५ वटा निर्माणको क्रममा रहका टहरा भत्काइएको छ । नगरक्षेत्रमा सार्वजनिक जमिन कव्जा गरी निर्माण गरिएका अबैध संरचना हटाउने अभियानमा उपमहानगर लागेको बताइएको छ ।