२०८१ बैशाख ७, शुक्रबार    

लागूऔषध सेवन गरिरहेका १२ जना नियन्त्रणमा

२०७९ आश्विन १७, सोमबार १६:२५ बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, आनन्दटोलमा लागुऔषध सेवन गरिरहेका १२ जनालाई आइतबार बिहान साढे ७ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध सेवन गरी बसिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा मकवानपुर जिल्लाको भिमफेदी गाउँपाकिला–४, थानसिङ्ग बस्ने २३ वर्षीय अनिल लामाको साथबाट लागुऔषध एनारगन ८ (आठ) ट्याबलेट बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका अनिललाई प्रहरीले हिरासतमा राखेको जनाएको छ भने अन्य ११ जनालाई प्रहरीले परिवारको जिम्मामा छाडिदिएको जनाएको छ ।