२०८३ जेठ २२, शुक्रबार    

मुख्यमन्त्रीद्वारा मन्त्रीहरुसँग करार सम्झौता

२०८१ भाद्र ५, बुधबार १८:१९ बजे

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्का सदस्यहरुसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

मुख्यमन्त्री लामाले चालू आर्थिक वर्षको सुरुवातमा बजेट र नीति तथा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यन्वयन गर्नका लागि प्रदेशमा रहेका १२ जना मन्त्रीसंग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । करार सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन अनुपस्थित थिए । उनी स्वास्थ्यको कारण अनुपस्थित भएका हुन् ।

मुख्यमन्त्री लामाले प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीसँग पनि करार सम्झौता गरेका थिए ।

प्रदेश सुशासन ऎन २०७७ अनुसार प्रत्येक वर्ष यसैगरी मुख्यमन्त्रीले मन्त्री तथा कर्माचारीले मातहतका कर्माचारीसंग सम्झौता गर्ने गरेका छन् ।