२०८१ बैशाख २२, शनिबार    

खेलकर्मीको समस्या समाधान गर्नेछौं : पराजुली

२०७९ कार्तिक २२, मंगलबार १९:२५ बजे

मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले खेलकुदकर्मीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

खेलकुद समन्वय प्रचारप्रसार उपसमितिको कार्यक्रममा उनले मंसिर ४ को निर्वाचन पछि बन्ने केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका हुन् । मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले खेलकुद सहित सर्वाङ्गीण विकासमा काम गर्ने पराजुलीको भनाई थियो ।

‘हामी गर्नसक्ने काम मात्रै बोल्छौं । एमालेले जस्तो हावादारी आश्वासन र फोस्रा नारा बाँड्दैनौं’, पराजुलीले भने, ‘खेलसहित स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा साझा योजना बनाएर काम गर्नेछौं ।’ खेल क्षेत्रसंग सम्बन्धित जानकारहरुसंगको छलफल र समन्वयमा यस क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

खेलमा आफू जित्न लागिपर्ने खेलाडीहरुले आफैं मैदानमा उत्रिएझैं गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न उनले अनुरोध गरे ।