२०८१ बैशाख ३०, आईतबार    

हेटौंडा–५ सिचाईटोलमा मोटरसाइकल दुर्घटना

२०७९ असार ५, आईतबार १०:३५ बजे

शनिबार साँझ ७ बजेको समयमा हेटौंडा–५ सिचाईटोलमा मोटरसाइकल दुर्घटनामा परी अन्जन कर्णको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझको समयमा मनकामना टोलबाट हेटौंडा बजारतर्फ आउने क्रममा हेटौंडा–५, सिचाईटोलमा बा ९५ प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते कर्णलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । धनुषा जिल्ला स्थायी घर भएका अन्दाजी ३९ वर्षीय कर्ण हेटौंडा–४ सिर्जनापथमा डेरा गरी बस्दै आएका थिए । मोटरसाइकलमा सवार कर्णकी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र ११ वर्षीय छोरा आर एन कर्णको हेटौडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।