२०८१ बैशाख १३, बिहीबार    

क्षेत्रीय कारागार भीमफेदीमा एकजना बन्दीको मृत्यु

२०८० बैशाख ६, बुधबार १५:५३ बजे

मकवानपुरमा रहेको क्षेत्रीय कारागार भीमफेदीमा एकजना बन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी–६, लोथरका ३५ बर्षीय समीर परियार रहेका छन् । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार विहान करिब साढे १० बजे कर्तव्य ज्यान मुद्धामा कारागारमा रहेका उनी बेहोस भई ढलेका थिए ।

उनलाई उपचारका लागि हेटौडा अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।