२०८१ बैशाख १६, आईतबार    

सुन्दर शहर निर्माणमा जोड दिँदै मेयर लामा

२०७९ पौष ७, बिहीबार १७:१२ बजे

हरित शहरको रुपमा नाम कमाएको हेटौंडालाई थप सुन्दर र आकर्षक बनाउन हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले जोड दिएकी छन् ।

नियमित उपमहानगरक्षेत्रमा सरसफाई, बृक्षारोपणसहित पार्क निर्माणले शहरको सुन्दरता बढाउने बिश्वासका साथ उनले कामलाई अघि बढाएकी छन् ।

‘हेटौंडा सफा अभियान’ सञ्चालन गर्दै उपमहानगरक्षेत्रमा रहेका टोल बिकास संस्था र संघसस्थामार्फत् नगरको सुन्दरतामा जोड दिएकी नगर प्रमुख लामाले मंगलबार हेटौंडा–११ पूर्वपश्चिम राजमार्ग राप्ती पुलपारी बुद्ध पार्क अगाडि विभिन्न प्रजातीका बिरुवा रोपेकी छन् । नगरप्रमुख लामा सहित पत्रकार महासंघ बागतमी प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, समाजवेवी सिद्धीलाल श्रेष्ठले २ सय १५ बिरुवा रोपेका थिए ।

नगरप्रमुखमा निर्वाचित भएपश्चात हरित शरहसँगै सफा अभियान पनि सञ्चालन गर्न जोड दि“दै आएकी नगरप्रमुख लामाले बजारलाई व्यवस्थित बनाउँनका लागि कार्यदल बनाएर काम गरिरहेको बताइन् ।

शहरलाई सुन्दर र व्यवस्थित देखाउनका लागि खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क दिने, अव्यवस्थित रुपमा निर्माण भएका टहरा हटाउने, सडक पेटी सफा राख्ने र अव्यस्थित रुपमा सञ्चालनमा रहेको अटो मयुरी व्यवस्थापन सहितको काम गर्दै अघि बढिरहेको उनले बताइन् ।