२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण

२०८० माघ २६, शुक्रबार १७:०८ बजे

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक पहिलो पटक प्रत्यक्ष प्रसारण गरेको छ।

पालिकोको बैठकका निर्णय सार्वजनिक नभएको भन्दै सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको समयमा पालिकाको बैठक सामाजिक सञ्जालमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको हो। 

बैठक अहिले पनि चलिरहेको छ। नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको बैठकमा आर्थिक सहयोग प्रदान, भगिनी सम्बन्ध, पर्यटन प्रवर्धन, सामुदायिक संस्थाहरुलाई जग्गा उपलब्ध गराउनु बारेमा कार्यपालिका बैठकमा छलफल भइरहेको छ।