२०८१ बैशाख २३, आईतबार    

उपमेयरमा राजेश बानियाँको फराकिलो अग्रता

२०७९ जेठ ४, बुधबार ००:०९ बजे

हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा राजेश बानियाँले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बानियाँले आफ्नो प्रतिद्वन्द्वी नेकपा एमालेलाई पछाडि पारेका हुन । बानियाँले एमालेकी उम्मेदवार सुमित्रा काफ्लेसँग ४ हजार ४८६ मतान्तर कायम गरेका छन् ।

बुधबार मध्यरातसम्म ३० हजार ६२ मत गणनाहुँदा बानियाँले १३ हजार ४९९ मत प्राप्त गरेका छन् । उपमेयरमा काफ्लेले ९ हजार १३ मत प्राप्त गरेकी छिन् । राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले २ हजार ११३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेकी छिन् ।