२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा–६ मा कांग्रेस विजयी

२०७९ जेठ ४, बुधबार १४:४६ बजे

हेटौंडा-६ मा नेपाली कांग्रेसका दाहाल बिजयी स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

हेटौंडा-६ को वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद दाहाल विजयी भएका हुन् । उनी ३३ मतले विजयी भएका छन् । उनले ११८२ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार विश्वराज राईले ११४८ मत ल्याएका छन् ।

हेटौंडा-६ मा ३४९७ मत खसेको थियो । अध्यक्षसँगै एकजना सदस्य पनि कांग्रेसबाट विजयी भएका छन् ।