२०८१ बैशाख २०, बिहीबार    

आजदेखि निर्माण सामाग्रीको उत्पादन र बिक्रीवितरण बन्द

२०८० असार १६, शनिबार ११:२८ बजे

आजदेखि देशैभर निर्माण सामाग्रीको उत्पादन र बिक्रीवितरण बन्द गरिएको छ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको हो । 

महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री गर्ने कम्पनी नवीकरण नभएका कारण महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने निर्णय गरेको जानकारी दिए।