२०८१ जेठ ८, मंगलबार    

लागूऔषध कारोवारमा भारतीयको संलग्नता घट्दो

२०७८ माघ २३, आईतबार ०९:२३ बजे


हेटौंडा/ मकवानपुर जिल्ला लागूऔषध कारोवारको हिसावले देशकै ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा परिभाषित छ ।

लागूऔषध उत्पादन र नजिकै भारतीय सीमा नाका भएका कारण यस जिल्लाभएर धेरै आगूऔषध कारोवार हुने गरेको छ । केही वर्षअगाडिसम्म लागूऔषध कारोवारमा धेरै भारतीयको संलग्नता रहने गरेको भएप िपछिल्लो दिनहरुमा उनीहरुको संलग्नता घट्दो अवस्थामा रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो तीनवर्षमा लागूऔषध कारोवारमा जम्मा २८ जना भारतीयको संलग्नता रहेको पाइएको छ ।

प्रहरीले पक्राउ गरेको आधारमा हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा १८ पुरुष १ महिला, २०७७/०७८ मा तीन पुरुष र २०७८/०७९ को हालसम्म ६ जना पुरुष पक्राउ परेको छन् ।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रवहादुर गुरुङका अनुसार लागूऔषध कारोवारमा भारतीयभन्दा बढी नेपालीको संलग्नता रहने गरेको छ ।