२०८१ बैशाख २५, मंगलबार    

सानु लामा पनि एमालेमा असन्तुष्ट, पार्टी परित्याग गर्ने संकेत

२०७८ चैत्र ४, शुक्रबार ११:२१ बजे

नेकपा एमाले मकवानपुरका युवा सानु लामाले पार्टी परित्याग गर्ने संकेत गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमार्फत् पार्टीमा आगामी दिनमा दु:ख गर्ने समय सकिएको भनेर टिप्पणी गरेका छन् । उनी जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष समेत हुन् । युवामाझ पप्पुलर रहेका लामा निकट युवा नेता नेता जब्स खानले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

उनले आफ्नो फेसबुक पेजमार्फत् भनेका छन्,‘ म मेरो लागि भनेर होइन कि हाम्रो पार्टी अनि हामी भनेर लागि परिरहेको व्यक्ती हो । पार्टी र नेता भनेर कहि कतै नहल्लिएर बसे, धेरै हिँड्ने गरें, धेरै सहेर बसें, धेरै साथी गुमाएँ, धेरै दुश्मन कमाए र पार्टी भित्र पनि म आफै पछाडी बसेर धेरै साथी भाइहरुलाई अगाडि बढाउन निरन्तर लागिरहे, सधैं आफुलाई भन्दा अरुको लागि लागि पर्दा म आफैं नराम्रो भइरहेँ । अन्तरसंघर्ष पनि धेरै गरिरहेँ पार्टीभित्रको सहि व्यक्तिको सहि मूल्यांकन गर्दै पार्टीको विधि नीति अनुसार सबैलाई मिलाएर लानुपर्छ, सबैजनाको छलफलबाट निर्णय गर्नुपर्छ भनेर पार्टी भित्र खबरदारी गर्न खोज्दा कहिले राम्रो भएन । यस्ता दिन अब यो पार्टीमा कहिले आउँदैन होला सायद मेरो जिन्दगीमा ।’

नेकपा एमाले मकवानपुरको जिल्ला सदस्य मनोनितको विषयलाई लिएर पार्टी छाड्नेको संख्या बढिरहेको छ । धेरै नेताले मनोनित जिल्ला सदस्यको विषयलाई लिएर निराशा समेत व्यक्त गरिरहेको छन् । उनीमात्र होइन् जिल्ला सदस्य मनोनितको विषयलाई लिएर एमालेका धेरै पुराना नेताहरु असन्तुष्ट रहेका छन् । स्थानीय निकायको चुनाव नजिकिएको अवस्थामा एमालेभित्र देखिएको विचलनले विपक्षलाई फाइदा पुग्नेभन्दै कार्यकर्ता तहमा टिकाटिप्पणी भइरहेको छ ।