२०८१ बैशाख ८, शनिबार    

किन चलेन पूर्वमा दीपक सिंहको जादु ?

२०७९ मंसिर ५, सोमबार १९:३० बजे

स्थानीय तहमा प्राप्त गरेको मतबाट हौसिएर राप्रपाको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका दीपकबहादुर सिंह प्रारम्भिक मतगणनामा निकै पछाडि देखिएका छन् ।

अहिले उक्त क्षेत्रअन्तर्गत् पर्ने वाग्मती गाउँपालिकाका मतगणना भइरहेको छ । हालसम्म यसक्षेत्रमा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले अग्रता कायम गरेकी छन् । दोस्रो स्थानमा राप्रपा नेपालका उम्मेदवार कमल थापा रहेका छन् । कार्यकर्तालाई निराश पार्दै राप्रपाका उम्मेदवार सिंह तेस्रो स्थानमा रहेका छन् । उनको पक्षमा मतको बाढी आउने प्रक्षेपण चुनाव अगाडि भएपनि अहिलेसम्म त्यसको ठीक विपरित भएको छ ।

सत्तारुढ गठबन्धन उक्त क्षेत्रमा बलियो रहेको र एमालेका सांगठनिक मत कायमै रहेका कारण सिंहलाई मत असाध्यै कम आएको अनुमान गरिएको छ । सिंहको हेटौंडा उपमहानगर क्षेत्रको मतगणना सुरु भएसँगै सिंहले आफ्नो अग्रता छोट्याउने दावी राप्रपा निकट नेताहरुको छ ।
हालसम्म ३६७५ मत गणना गर्दा हालसम्म सिंहले २८१ मत प्राप्त गरेका छन् । डीनाले १८९४ र थापाले ११३४ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी रहेको छ ।